Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नेपाली बजारमा ‘छ्याङ इन क्यान’

नेपाली बजारमा ‘छ्याङ इन क्यान’


मध्यान्तर
  • आइतबार, असोज १४ २०७५

  • काठमाडौं । नेपाली समाजमा परम्परा देखि नै विभिन्न पर्व तथा खुसीका क्षणमा छ्याङ प्रयोगमा आउने गरेको छ । बियर देखी अन्य पेय पदार्थ क्यानमा उपलब्ध हुँदै आएकोमा अब देखी नेपाली बजारमा छयाङ समेत क्यानमा ल्याइएकोले यसको नाम छयाङ इन क्यान राखिएको छ ।

    यसलाई एसीयन स्वान इन्टरप्राइजेजले आयात गरी उपलब्ध गराएको हो । दक्षिण कोरियाको वालमाई र वरीसुल नामक कम्पनीद्वारा उत्पादित छ्याङ नेपाली स्वादसँग ठ्याक्कै मिल्ने कम्पनीको दाबी छ ।

    कोरियाली भाषामा छ्याङलाई मक्यौली नामले चिनिने गरिन्छ । भने नेपाल र कोरिया सहित चीनमा समेत अत्यधिक मन पराइने गर्दछ । कम्पनीले यस अघि कोरियाली प्रख्यात पेय पदार्थ सोजो आयात गरी नेपाली मदिरा पारखीबिच ल्याउन सफल भएको थियो भने छ्याङ पेट बोतलमा मात्र उपलब्ध गराइएको थियो ।

    काठमाडौं उपत्यका बाहेक नेपालको दोस्रो व्यापारिक सहर पोखराका नेपालीहरूले समेत छयाङको स्वाद लिई दसैँ मनाउन पाउने कम्पनीले जनाएको छ । नेपाल भित्र चामल तथा खाद्यान्न प्रयोग भई मदिराजन्य वस्तुको व्यावसायिक उत्पादनमा सरकारले प्रतिबन्ध लगाएको छ । यसबाट युवा वर्गमा नेपाली संस्कृति र परम्परा भित्रै प्रयोग हुने छ्याङलाई बिर्सिन थालिएको छ । यस कारणले समेत छ्याङको पुनः बजार प्रवेश आवश्यक भएको कम्पनीले जनाएको छ ।

    उच्च मध्यम वर्गीय लक्षित यो छ्याङ सात सय ५० मि.लि पेट बोतल ३५०/– र तीन सय ५० मि.लि क्यानको २२०/– रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । यस अघि पेट बोतलमा ल्याइएको छ्याङ चालु आ.वको ६ महिना भित्र बिस हजार लिटर खपत भएको कम्पनी स्रोतले बताएको छ ।

    तर गर्भवती महिला र १८ वर्ष भन्दा मुनिका बालबालिकाले भने प्रयोग गर्न नहुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार