Online Nepal शुक्रबार, बैशाख २८ २०८१

ढुंगेलको नेतृत्वमा नेपाल कुरियर सेवा सघंमा सर्वसम्वत कार्यसमिति चयन

ढुंगेलको नेतृत्वमा नेपाल कुरियर सेवा सघंमा सर्वसम्वत कार्यसमिति चयन


मध्यान्तर
  • आइतबार, पुष २२ २०७५

  • काठमाडौं । कुरियर व्यवसायीहरूको छाता संठन नेपाल कुरियर सेवा सघं (कोसान) को २४ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त साधारण सभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । भने सम्पूर्ण कार्य समिति सर्वसम्मत निर्वाचित हुन पुगेका छन् ।

    कोसानको नव गठित १०औं कार्यसमितिको अध्यक्षयमा गोविन्द ढुंगेल, वरिष्ठ उपाध्यक्ष देवेन्द्र खड्का त्यस्तै उपाध्यक्षमा दुर्गा प्रसाद सुबेदी र अनिल राज भण्डारी रहेका छन् । त्यस्तै महा–सचिवमा सञ्जय मण्डल र सचिवमा तिल राज खतिवडा र कोषाध्यक्षमा राजकुमार समरी चयनलाई गरिएको छ । त्यस्तै कृष्ण प्रसाद नेपाल,इश्वरी प्रसाद मरहठ्ठा, कुमार प्रसाद उप्रेती, निरञ्जन थापा, टंकमणी खरेल, निर्मल राठी, र किरण थापालाई सदस्यमा सर्वसम्मत चयन गरिएको छ ।

    उक्त कार्यक्रमको प्रमुख आतिथ्य गरिरहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले देशले स्थाई सरकार पाए संगै कुरियर व्यवसायीले राज्यसगं व्यवसाय सञ्चालनमा सहयोगी एन नियमको माग गर्न‘ जायज भएको बताएका छन् । उनले अब बन्ने कुरियर ऐन व्यवसायी मैत्री बनाउन सबैको उत्तीकै दायित्व भएकोले हातेमालो गर्नु पर्न बताएका छन् । विदेशमा सरकारी हुलाक सेवा सफलहुदै जानुमा निजि क्षेत्रको प्रत्यक्ष सहयोग रहेको पाईन्छ । नेपालमा समेत निजि–सरकारी मोडेल पछ्याउँदै हुलाक सेवा विभागलाई कर्पोरेसन अन्र्तगत सञ्चालन तैयारीमा रहेको सरकारी योजनाका बारेमा प्रस्ट पारेका छन् ।

    कोसानका नव निर्वाचित अध्यक्ष्य गोविन्द ढुंगेलले प्रत्येक कुरियर व्यवसायीहरूको समस्या सुल्झाउन सघं हातेमालो गर्न तयार रहेको बताए । उनका आुसार यस तर्फका व्यवसायीहरू देशको जटिल भौगोलिक परिस्थितिका बाबजुद सातै प्रदेशमा सेवा उपलब्ध गराउन सफल भएका छन् । यस प्रयासले देशको वाणिज्य सहज तरिकाले सञ्चालन भएको छ , भने दशौ हजार नेपालीलाई प्रत्यक्ष रोजगार दिन समेत कुरियर व्यवसायी सफल हुँदै गएका छन् । कोसानलाई वाणिज्यको सहयात्रीको नामले परिचित गराउने क्रममा यस क्षेत्रका व्यवसायीहरू म बाट हामी भएर कार्यगत एकता गर्नुपर्ने तर्फ सबैको ध्यानाकर्षण गराएका थिए । त्यस्तै कोसानका महा–सचिव सञ्जय मण्डलले यस व्यवसायलाई मर्यादित बनाउँदै लैजानु पर्नमा जोड दिएका छन् । ग्राहक सेवालाई थप सहज करण गरी द«ुत सेवा उपल्वध गराउन प्रविधि प्रयोगलाई सबै व्यवसायीले प्राथमिक्तामा दिनु पर्न उनको जिकिर थियो । तर राजस्व अनुसनधान विभागले थदा–कदा अवैध सामान चेकजांचको नाममा अन्तरदेशिय कुरियरका व्यागेज बिच बाटैमा खोली व्यवसायीहरूले खेप्दै गरेको हैरानी बन्द हुनुपर्न उनले माग राखेका छन् ।

    कोषाध्यक्ष राजकुमार सामरीले सघंबाट एअर वे बिल र वस्तु उत्पत्तिको प्रमाण पत्र उपलब्ध गराउँदै प्राप्त भएको आम्दानीबाट कोसान आर्थिक रूपमा सबल बल्दै गएको जानकारी दिए । उनले आगामी दिनमा कोसानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र नयां बसपार्कमा सर्भिस काउन्टर राखी थप सेवा उपल्बध गराउने योजना रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार