Online Nepal आइतबार, बैशाख १६ २०८१

एमालेको केन्द्रीय समिति बैठक २९ माघमा बस्ने

एमालेको केन्द्रीय समिति बैठक २९ माघमा बस्ने


मध्यान्तर
  • सोमबार, माघ २३ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक २९ माघमा सुरु हुने भएको छ ।

    गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

    मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । बैठकको अजेन्डा तय गर्न २६ गते सचिवालय बैठक बोलाइएको छ ।

    बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार