Online Nepal आइतबार, बैशाख १६ २०८१

एमालेको घोषणापत्र : नेपाल–भारत जल यातायात सञ्चालन गर्ने

एमालेको घोषणापत्र : नेपाल–भारत जल यातायात सञ्चालन गर्ने


मध्यान्तर
  • मंगलबार, कार्तिक १५ २०७९

  • काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका छन् ।

    घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको छ। घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

    सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार