Online Nepal आइतबार, बैशाख १६ २०८१

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले वैचारिक तथा सांगठनिक सुदृढीकरण लागि सोमबारदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ।निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न अभियान थालिएको एमालेले बताएको हो।

    अभियानका क्रममा ५ फागुनमा सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम चलाइनेछ। १५औं सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

    पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने एमाले केन्द्रीय प्रचार विभागका सचिवले बताए।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार