Online Nepal शनिबार, बैशाख १५ २०८१

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, भाद्र २८ २०७९

  • विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ को देउनियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ वर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिएको थियो ।

    पैदलयात्रीलाई ठक्कर दिएको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका आमा छोरी र ट्रकका सहचालक बिर्तामोड-२ झापाका २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो । ट्रक चालक पाँचथर हिलिहाङ -६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार