Online Nepal शनिबार, बैशाख १५ २०८१

प्रदेश १ संसद सचिवालयका अधिकृतको मोटरसाइकल दुर्घटना, अवस्था गम्भीर

प्रदेश १ संसद सचिवालयका अधिकृतको मोटरसाइकल दुर्घटना, अवस्था गम्भीर


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौं । प्रदेश १ संसद सचिवालयका कम्प्युटर अधिकृत प्रेमबहादुर श्रेष्ठ दुर्घटनामा परेका छन् । उनको अवस्था गम्भीर छ । बिहान धरानबाट विराटनगर तर्फ आउँदै गरेको उनको मोटरसाइकल विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाको सिमाना ढाटमा दुर्घटनामा परेको हो ।

    हान कार्यालयतर्फ आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित ढाटको गेटमा नै स्कुटरसँग जुधेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। सुनसरीको धरान ७ स्थित घरबाट विराटनगर तर्फ आउने क्रममा प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटरसँग जुधेको ट्राफिक प्रहरीले जनाएको छ ।

    स्कुटी चालक बुढिगंगा गाउँपालिका वडा नम्बर २ का रोशन विक पनि घाइते भएका छन् । विकले राजमार्गमा नहेरी स्कुटर सडक पार गराउन खोज्दा दुर्घटना हुन पुगेको स्थानीयको भनाई छ। घाइतेहरूको विराट टिचिङ हस्पिटल बुढिगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार