Online Nepal शुक्रबार, बैशाख १४ २०८१

भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु अर्का गम्भीर घाइते

भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु अर्का गम्भीर घाइते


मध्यान्तर
  • मंगलबार, साउन १० २०७९

  • सर्लाही । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

    हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।

    दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार