Online Nepal शनिबार, बैशाख १५ २०८१

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा सिन्धुलीमा दुई जनाको मृत्यु

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा सिन्धुलीमा दुई जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौँ । सिन्धुलीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

    मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

    दुर्घटनामा मरिण गाउँपालिका-४ का ३३ वर्षका जितेन्द्र माझी र त्यही ठाउँका ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा ज्यान गएको हो।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार