Online Nepal शुक्रबार, बैशाख १४ २०८१

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौं । पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ ।

    युवकलाई बचाउन खोज्दा काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा घाइते भइन्।दुवै जना घाइते भएपछि उनीहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

    त्यहाँ उपचार हुँदै गर्दा सापकोटाको आइतबार राति ११ बजे निधन भएको प्रतिष्ठानका एक निर्देशकले बताए। ती महिलालाई अस्पताल पुर्‍याउँदा ९० प्रतिशत शरीर जलिसकेको उनले बताए।

    आत्मदाह प्रयास गरेका पुरुषको भने २५ प्रतिशत शरीको भाग जलेको र उनको उपचार भइरहेको प्रतिष्ठानका निर्देशकले जानकारी दिए।

    सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार