Online Nepal शनिबार, बैशाख १५ २०८१

भूकम्पमा परी टर्किस गोलरक्षकको मृत्यु

भूकम्पमा परी टर्किस गोलरक्षकको मृत्यु


मध्यान्तर
  • बुधबार, माघ २५ २०७९

  • काठमाडौँ । भूकम्पमा परी टर्कीका एक फुटबल खेलाडीको मृत्यु भएको छ । गोल रक्षक अहमेट इयुप टर्कास्लानको टर्कीमा सोमबार गएको भूकम्पमा परी मृत्यु भएको उनी आवद्ध क्लब यनी मालाट्यास्पोरले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा पनि ५ हजार मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ ।२८ वर्षीय अहमेट टर्कीको दोस्रो डिभिजन क्लब यनी मालाट्यास्पोरमा सन् २०२१ मा अवद्ध भएका थिए । उनले टिमका लागि ६ खेल खेलेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार