Online Nepal शुक्रबार, बैशाख १४ २०८१

दुर्घटनामा प्रदेशसभा सचिवालयका अधिकृतको मृत्यु

दुर्घटनामा प्रदेशसभा सचिवालयका अधिकृतको मृत्यु


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौँ । प्रदेश १ संसद सचिवालयका आठौँ तका कम्प्युटर अधिकृत प्रेमबहादुर श्रेष्ठको मोटर साइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

    विहान धरानबाट विराटनगर तर्फ आउँदै गरेको उनको मोटरसाइकल विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाको सिमाना ढाटमा दुर्घटनामा परेको थियो ।

    गम्भीर घाइते भएका श्रेष्ठको बुढिगंगामा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विहान धरानबाट कार्यालय तर्फ आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित ढाटको गेटमा स्कुटरसँग जुधेर श्रेष्ठ दुर्घटनामा परेका थिए । सुनसरीको धरान ७ स्थित घरबाट विराटनगर तर्फ आउने क्रममा प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटरसँग जुधेको ट्राफिक प्रहरीले जनाएको छ ।

    दुर्घटना लगत्तै अस्पताल पुर्‍याएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक बुढिगंगा गाउँपालिका वडा नम्बर २ का रोशन विक पनि घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार