Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, कार्तिक ११ २०७९

  • बुटवल । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ।

    सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८-प-५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा.२५प. ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

    घाइते दुवैजनाको बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

    तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार