Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नेपाल र यूएईबीचको पहिलो टि-ट्वेन्टी खेल आज

नेपाल र यूएईबीचको पहिलो टि-ट्वेन्टी खेल आज


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । नेपाल र यूएईबीचको पहिलो टि-ट्वेन्टी खेल विहिबार हुने भएको छ । यि दुई टिम बिचको खेल नेपाली समयअनुसार आज दिउँसो पौने ३ बजे दुबईमा हुनेछ।

    यूएईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेको नेपाल तीन खेलको टि-ट्वेन्टी श्रृंखला पनि जित्ने दाउमा छ। कप्तान पारस खड्काले एकदिवसीय श्रृंखलाको ऐतिहासिक जितले टिमको मनोबल उच्च भएको भन्दै टि ट्वेन्टी श्रृंखला पनि जित्ने विश्वास व्यक्त गरेका छन्।

    सन् २०१४ मा टि-ट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय टि-ट्वेन्टी श्रृंखला जित्न सकेको छैन ।

    यसअघि नेदरल्याण्ड्स र हङकङसँग खेलेको अन्तर्राष्ट्रिय टि-ट्वेन्टी श्रृंखला नेपालले गुमाएको थियो। यो श्रृंखला जित्नसके नेपाली क्रिकेट टिमका लागि थप उपलब्धि हुनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार