Online Nepal शुक्रबार, बैशाख २८ २०८१
टी-ट्वान्टी

सन्दिपको दोस्रो विकेटसंगै नेपाललाई चौथो सफलता

सन्दिपको दोस्रो विकेटसंगै नेपाललाई चौथो सफलता


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । सन्दिप लामिछानेले दोस्रो विकेट लिएसंगै नेपाललाई चौथोसफलता मिलेको छ । युएईविरूद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले चौथो सफलता हात पारेको हो। सन्दीप लामिछानेले चौथो सफलता १३.५ ओभरमा मोहम्बद उसमानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका हुन्।

    यसअघि सोमपाल कामी, र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए।

    सुरूवाती दोस्रो ओभरमै सन्दीप लामछानेले पहिलो विकेट लिए। आफ्नो व्यक्तिगत पहिलो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा बसन्त रेग्मीको हातबाट क्याच आउट बनाएका थिए।

    यो सन्दीपको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू विकेट हो। यसअघि दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका सन्दीप विकेट विहिन थिए।

    यस्तै आफ्नो व्यक्तिगत दोस्रो ओभरमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाए।

    उनले युएईका गुलाम सहबरलाई ८ रनमा भीम सार्कीको हातबाट क्याच गराए। उनले आफ्नो व्यक्तिगत तेस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।

    नेपालका लागि चौथो विकेट बसन्त रेग्मीले लिए। उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई २२ रनमा प्रदीप ऐरीको हातबाट क्याच आउट गराए।

    यो पनि पढ्नुहोस्

    नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

    यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार