Online Nepal शुक्रबार, बैशाख २८ २०८१
टि–ट्वान्टि

टि–ट्वान्टि शृङ्खलाः नेपालाई जित्नै पर्ने दबाब

टि–ट्वान्टि शृङ्खलाः नेपालाई जित्नै पर्ने दबाब


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • फाइल तस्बिर

    काठमाडौं । दुबईमा जारी नेपाल र युएईबीचको दोस्रो टी–ट्वान्टि खेल नेपाललाई जित्नै पर्ने दबाब छ । बिहिबार भएको पहिलो खेलमा पराजित भएको नेपालले कुनैपनि हालतमा शुक्रबार दिउँसो हुने जित्नै पर्ने छ ।

    नेपालले आज दिउँसो टि–ट्वान्टि श्रृंखलाअन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संग खेल्ने छ । तीन खेलको टी–ट्वान्टि शृङ्खला आफ्नो पक्षमा पार्न नसके नेपाली टोली यो खेलबाट बाहिरिने छ ।

    खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

    आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने यूएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–ट्वान्टि शृङ्खला जित्न गर या मरको अवस्था छ ।

    टी–ट्वान्टि विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–ट्वान्टि शृङ्खला जित्न सकेको छैन । शृङ्खला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ ।

     

    यो पनि पढ्नुहोस्

    टी-ट्‍वान्टीः यूएईसंग नेपाल पराजित

    नेपाललाई छैटौं सफलता, अर्धशतक प्रहार गर्ने अनवार आउट

    सन्दिपको दोस्रो विकेटसंगै नेपाललाई चौथो सफलता

    नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

    यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार