Online Nepal शनिबार, बैशाख २२ २०८१

कोरोना संक्रमण बढ्दो ; पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमण बढ्दो ; पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनामा संक्रमण पुष्टि


मध्यान्तर
  • मंगलबार, असार २८ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

    जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै, एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार