Online Nepal शनिबार, बैशाख २२ २०८१

एकैदिन ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

एकैदिन ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु


मध्यान्तर
  • सोमबार, साउन २ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।

    जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

    थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार