Online Nepal सोमबार, बैशाख १७ २०८१

मंगलबार बस्ने गरी काँग्रेस केन्द्रीय समितिको बैठक सकियो

मंगलबार बस्ने गरी काँग्रेस केन्द्रीय समितिको बैठक सकियो


मध्यान्तर
  • सोमबार, असार २७ २०७९

  • काठमाडौं । मंगलबार बस्ने गरी नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा सोमबार बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठक सकिएको हो ।

    बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरेका थिए । सातै प्रदेश सभापतिले पनि स्थानीय निर्वाचनबारे सम्बन्धि प्रदेशको ब्रिफिङ सुनाएका थिए ।

    यस्तै, आजको बैठकमा ७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । अर्को बैठक मंगलबार १ बजे पुनः बस्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार