Online Nepal मंगलबार, बैशाख १८ २०८१

देउवाले कांग्रेस पदाधिकारीलाई बालुवाटार बोलाए

देउवाले कांग्रेस पदाधिकारीलाई बालुवाटार बोलाए


मध्यान्तर
  • बिहिबार, असोज १३ २०७९

  • काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ।

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफलमा जुटेका हुन्।

    उनले छलफलका लागि पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएको एक पदाधिकारीको सचिवालयले जनाएको छ।

    ती पदाधिकारीको सचिवालयका अनुसार सभापति देउवाले छलफलका लागि केन्द्रीय सदस्य डा। शेखर कोइरालालाई पनि बोलाएका छन्।

    कांग्रेसको संस्थापनइतर समूह बन्दसूचीमा एकलौटी गरिएको भन्दै असन्तुष्ट छ। उक्त समूहले शुक्रबारसम्म बन्दसूची नसच्याइएको कठोर निर्णय लिने चेतावनी दिइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार